राष्ट्रिय स्वतन्त्र पार्टी'रास्वपा'ले पार्टीको सैद्धान्तिक दस्ताबेज निमार्णको प्रक्रिया टुंगाउन जुटेको छ ।
दस्ताबेजलाई अन्तिमरूप दिन पार्टीले बनाएको १७ सदस्यीय प्रतिनिधिमण्डलको बैठक टौदहको 'ब्लु माउन्टेन रिसोर्ट'मा सुरु भएको रास्वपा सचिवालयले जनाएको छ ।
बैठकले दस्तावेजमा नागरिकको सुझाव सङ्कलनका लागि 'प्रश्नावली र अनुसन्धानको विधि' तय गर्ने रास्वपाले जनाएको छ ।
असार ७ गते पार्टी स्थापना दिवसकै दिन 'नयाँ युगको संकल्प' दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको थियो । तर पार्टीको नीति तथ विचार विभागले बनाएको मस्यौदामा महत्वपूर्ण मुद्दामा नै आधा अधुरो देखिएपछि तत्कालका लागि स्थगित गरेको थियो ।
रास्वपाले मस्यौदामा उल्लिखित संवैधानिक लोकतन्त्र, संघीयता, अर्थनीतिलाई एजेन्डामा विवाद देखिएपछि दोस्रो मस्यौदा तयार गर्ने निर्णय गरेको थियो । त्यसका लागि १७ सदस्य प्रतिनिधि मण्डल बनाएको थियो ।
प्रतिनिधिमण्डलका सदस्यहरुलाई गाँउ गाँउ पुगेर नागरिकको सुझाव अनुसार दस्तावेज गराउने जिम्मा दिइएको थियो ।
रास्वपाका एक नेताका अनुसार यो बैठकले रास्वपाको दस्तावेजका बारेमा आम नागरिकसँग सुझाव सङ्कलनको 'मोडालिटी' तयार पार्ने छ ।