प्रतिनिधिसभाका सचिवबाट पद्मप्रसाद पाण्डेयले दिएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवबाट पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले पाण्डेयको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको बताइन्।
‘राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट मिति २०८० माघ २३ गते दिनुभएको राजिनामा सोही मितिदेखि लागु हुनेगरी राष्ट्रपतिले स्वीकृत गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।