पीडितमैत्री फैसलमा सर्वोच्चले सिकाएको पाठ : कानुभन्दा माथि सरकार र राष्ट्रपति छैनन् (भिडियाे सहित)

सिधाकुरा

काठमाडौं । चेतन मानन्धरलाई हत्या गर्ने रिगल भनिने योगराज ढकाललाई माफी दिने राष्ट्रपतिको निर्णय बदर गर्दै पुन कारागार पठाउने सर्वोच्च अदादलतको पुर्ण इजलासको आदेशले सत्ता र शक्तिको दुरुपयोगमा भइरहेको अपराधको राजनीतिकरणलाई झापड हानेको छ । 


अपराधीले कुनै पनि हालतमा सजाय पाउनु पर्छ भन्ने दोहोराएको मात्रै छैन, कानुन भन्दामाथि राष्ट्रपति पनि छैनन् भनेर खुलेरै भनेको छ । श्रीमानको हत्या गरेर जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालले संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाह भएर ८ वर्षमै निस्कीएपछि नेपालगञ्जकी भारती मानन्धरलाई न्याय, सरकारदेखि राष्ट्रपति प्रतिको सम्मान र विश्वास नै उडेको थियो । उनले राष्ट्रपतिलाई सोधेकी थिइन्, माफि भनेको के हो, न्याय भनेको के हो ?

२० वर्ष कैद बस्नु पर्ने रिगल ८ वर्षमै छुटेपछि दाङ कारागारबाट तामझामसहित निस्केका थिए । उनलाई कारागार मुक्त गराउन नेपाली कांग्रेसका शिर्ष नेताहरुको चलखेलदेखि ठुलो आर्थिक कारोबार नै भएको समाचारहरु बाहिरिएका थिए । नेपालगञ्जको चोकमा श्रीमानलाई खुँडा हानेर मारेका रिगलको तामझाम र राजनीतिक छत्रछायाँले भारती विक्षिप्त भइन् । उनी न्याय खोज्दै काठमाडांै आइन् र सर्वोच्चमा रिट दायर गरिन् । माइतीघरमा अनसन सुरु गरिन्् । 


पछिल्लो ८ वर्षमा विभिन्न दिवस र उत्सवका नाममा ९ हजार अपराधीको कैद मिनाहा र आममाफी दिइएपनि कोहि पनि पीडितले यसको विरोध गर्दै सर्वोच्च जाने आँट गरेका थिएनन् । तर श्रीमानको हत्या पछि छोरा र परिवारबाट समेत छुट्टिएकी भारतीले आँट गरिन् । उनी श्रीमानको हत्यारालाई पुन कारगार नपाठाएसम्म लडार्इँ नछोड्ने अडानमा थिइन् । 

अन्तत, सर्वोच्चले बिहिबार फेरी एक पटक सरकार, राष्ट्रपतिदेखि पावर पहुँचका भरमा अपराधलाई राजनीतिकरण गर्नेहरुलाई मज्जाले कानुन पढायो । भारतीको माग बमोजिम राष्ट्रपतिको निर्णय बदर मात्रै गरिदिएन अब अपराधीलाई कैद मिनाह गर्दा पीडितको राय पनि लिनुपर्ने छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई माफी दिने राष्ट्रपतिको निर्णय बदर गर्यो । रिगललाई तत्काल पक्राउ गरि भुक्तानी गर्न बाँकी ११ वर्ष  ११ महिना ५ दिन कैद भुक्तानीका लागि परमादेश जारी गर्यो ।

फैसला सुन्दै गर्दा भारती भक्कानिँदै सर्वोच्चको ढोका ढोगीन् । उता नेपालगंजमा रिगल पक्राउ परे । उनले पक्राउ पर्नुअघि आफूले आत्मसर्मपण गर्न लागेको भिडियो रेर्कड गराएका थिए । यो घटनामा राष्ट्रपति रामचन्द्र पौडेलको चर्को आलोचना भएको थियो भने भारतीले न्याय पाउनु पर्ने, रिगलले पुरा कैद भुक्तानी गर्नु पर्ने चर्को आवाज उठेको थियो । 

रिगललाई पुन कारागार पठाउने फैसलासँग सर्वोच्चले महत्वपुर्ण नजिर कायम गरिदिएको छ । सर्वोच्चको फैसलामा उही र उस्तै कसुरमा सजाय पाएका अरू व्यक्तिले छूट नपाउने र ढकालले मात्र पाउने निर्णय स्वच्छता, निष्पक्षता समान व्यवहारका दृष्टिले पनि नमिल्ने भनिएको छ । यस्तै, मुद्दाको अन्तिम किनारा नभएसम्म सजाय माफी, मुल्तवी, कट्टा वा कम गर्ने निर्णयलाई पनि अदालतले त्रुटिपूर्ण ठहर गरेको छ ।

यस मुद्दामा जिल्ला अदालत बाँके र उच्च अदालत नेपालगन्जको फैसलाउपरका पुनरावेदनहरू सर्वोच्च अदालतमा विचाराधीन छन् । रिगलका तर्फबाट दायर पुनरावेदन फिर्ता गरेको भए पनि त्यसका आधारमा मात्र फैसला अन्तिम भएको मान्न नसकिने सर्वोच्चले व्याख्या गरेको छ । सर्वोच्चको फैसलामा भनिएको छ ‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा मातहत अदालतबाट भएको कैद सजाय कट्टा गर्ने वा कम गर्ने गरी भएका काम कारवाहीलाइ मान्यता प्रदान गर्ने हो भने अदालतको न्याय सम्पादनसम्बन्धी कार्यमा राज्यका अन्य निकाय वा पदाधिकारीको अनावश्यक र अवाञ्छित प्रभाव वा हस्तक्षेपको अवस्था पैदा हुन्छ ।’

सजाय कम गर्ने वा सजाय कट्टा गर्ने भाषा कानुनका फरक प्रावधानमा उल्लेख गरिएको भए पनि यसको परिणाम एउटै हुने भएकाले एउटै अर्थमा लिनुपर्ने गरी कानुनको अन्योल पनि सर्वोेच्चले हटाइदिएको छ । नेपालको संविधान, धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ को उपदफा (५) फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ कुल्चिएको र कारागार नियमावलीको नियम २९ को सही प्रयोग नभएको भन्दै राष्ट्रपतिको निर्णय सर्वोच्चले उल्टाइदिएको हो ।

फैसलाले राष्ट्रपतिलाई समेत सन्देश छोडेको छ । फैसलामा  कानुनले राज्यका कुनै पनि तहका पदाधिकारीलाइ स्वेच्छाचारी तवरबाट निर्णय गर्ने अनुमति प्रदान नगरेको बताएको छ । संविधानले अपराध पीडितको हक पनि सुरक्षित गरेको प्रसंग स्मरण गराउँदै अदालतले पुरातन विरासत थामेको झल्को दिने गरी कानुनी अख्तियारी प्रयोग गर्न मिल्दैन भनेको छ । लोकतान्त्रिक संस्कार, शैली, समर्पण र अभ्यासको पनि जरूरत पर्ने कुरा अदालतले सम्झाएको छ ।

ज्यान मुद्दामा जन्मकैद ठहर भएका रिगलको कैद कट्टा गर्नु उपयुक्त छ वा छैन भन्ने सन्दर्भमा एक अक्षर ‘छ’ भनेर लेख्नेबाहेक कुनै आधार र कारण नखोली स्वेच्छाचारी ढंगले निर्णय गरेको पूर्ण इजलासको ठहर छ । कानुनले तोकेको प्रतिशतको सीमा बन्देजका अलावा सार्वजनिक हित, चासो र सरोकारका विषयतिर पनि ध्यान दिन भन्दै सर्वोच्चले अबदेखि वस्तुगत आधार र उचित कारण अभिव्यक्त रूपमा खुलाएर मात्र निर्णय गर्न पनि सरकारका नाममा परमादेश जारी गरेको छ ।

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते  रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो । २०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए । 

आजको फैसलासँगै सर्वोच्चले मुख्यतः ५ कुरा स्पष्ट पारेको छ । जन्मकैदमा माफी मिल्दैन, फैसला अन्तिम नहुँदै माफी दिनु अदालतमाथिको हस्तक्षेप हो, कैद कट्टीको औचित्य, कैद कट्टी उपयुक्त छ भन्ने एक अक्षरले पुष्टि गर्दैन, अनि सबै कैदीको आचारणको वस्तुगत अभिलेख राखिनुपर्छ र कैद माफी मिनाहा र कट्टी गर्दा कैद भुक्तानको प्रतिशत मात्र नभई सार्वजनिक हित पनि हेर्नुपर्ने स्पष्ट पारेको छ । 

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||