राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ती जनाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले राजावादीहरु धार्मिक सद्भाव बिथोल्न थालेकाले निगरानी गर्नुपर्ने धारणा केही सांसदहरुले राखेको भन्दै आपत्ती जनाउका हुन् । उनले कुन लोकतन्त्र बिरोधी गतिविधिमा राजावादी संलग्न भएको हो भन्ने प्रष्ट पार्न आग्रह गरे ।
लिङ्देनले जघन्य हत्याका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटार जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने कामचाहिँ लोकतान्त्रिक हो भन्दै प्रश्न समेत गरेका छन् ।
सम्बोधनका क्रममा लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आपत्ती जनाएका थिए । उनले नेपालको संविधानले राजा नचिन्ने भन्दै राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गरे ।
राप्रपा अध्यक्ष लिङ्देनले शाहलाई राजा भनेर सम्बोधन गरेका थिए ।