गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी ८० जनाको मृत्यु भएको छ । जाजरकोटमा हालसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृत्यु हुनेमा नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७, भेरी नगरपालिकाका ३० र छेडागाड नगरपालिकाका १ जना रहेका छन् ।
त्यस्तै जाजरकोटमा ५५ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा उपचार भईरहेको छ । केहीलाई भने प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।
यता रुकुम पश्चिममा पनि ३६ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको छ ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् ।