इलाम । इलाम २ को मतगणना सुरु भएको छ । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध सभागृह (सिटी हल) मा सुरु गरिएको मतगणना फाकफोकथुम गाउँपालिकाबाट सुरु गरिएको छ । याे पालिकाबाट ९ हजार ६ सय ४ मत खसेकाे छ ।
सुरुमा फाकफाेकथुम गाउँपालिकाकाे वडा नं १ र २ काे ७ वटा वाकसकाे मतगणना हुदैँछ । फाकफोकथुम गाउँपालिकाको गणना सकिएपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ देउमाइ र इलाम नगरपालिकाको मतगणना हुने भएको छ ।
गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन् । मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ । मतपरिणाम एक–एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने उनले जानकारी दिए ।
उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन् ।
विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।