
१३ भदौ, काठमाडौं । ६० किलो सुन प्रकरणमा दोलखाका किशोर बस्नेत पनि पक्राउ परेका छन् । बस्नेत पक्राउ परेको प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गरे ।
बस्नेतको ६० किलो सुन प्रकरणमा पनि संलग्नता रहेकाे आशंका गरिएको छ ।
उनको ६० किलो सुन प्रकरणका मुख्य नाइके भनिएका दावा छिरिङ लामासँग ब्यापारिक साझेदारी रहेको सीआईबी स्रोत बताउँछ । उनी भारतबाट पक्राउ परेका हुन् ।