
नक्कली कागजात बनाएर नेपालीहरुलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल वायुसेवा निगमका एकजना अधिकृतलाई पक्राउ गरेको छ ।
फर्जी कागजात बनाएर नेपालीहरुलाई विदेशका विभिन्न भूमिमा पठाएको आरोपमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजातमाथि अनुसन्धान गर्दा उक्त कागजात किर्ते गर्नेमा झापाको कमल गाउँपालिका–२ घर भएका होमनाथ पोखरेल समेत संलग्न देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसअघि पनि प्रहरीले विभिन्न चरणमा सोही कार्यमा संलग्न भएको आरोपमा ४ कन्सल्टेन्सी र मेनपावर संचालकसहित १३ जनालाई पक्राउ गरेको थियो ।