काठमाडौँ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल÷मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।
नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँमा झरेको छ भने डिजेल/मट्टितेलको मूल्य १४९ रुपैयाँ प्रतिलिटर पर्नेछ ।
त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ पर्नेछ भने डिजेल/मट्टितेलको प्रतिलिटर १४८ पर्नेछ ।
त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ भने डिजेल/मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।