सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।
महासंघले बिहीबार देखि देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गर्ने जनाएको हो । देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षक आन्दोलनमा उत्रिएपछि करिब ७० लाख विद्यार्थीको पढाइ प्रभावित भएको छ ।
सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन रोकिएको छ ।
महासंघको आह्वानमा देशभरबाट हजारौँ शिक्षक र कर्मचारी काठमाडौँ आएका छन् । उनीहरुले आफ्ना माग पूरा गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका थिए ।