जहाज बिग्रिएको घटना लुकाउन श्री एअरलाइन्स र क्यानले गरेको बदमासी

सिधाकुरा

काठमाडौँ । श्री एअरलाइन्सले आफ्नो विमानको प्राविधिक समस्या ढाकछोप गर्न विमानस्थल प्रशासनदेखि नागरिक उड्डयन प्राधिकरणलाई समेत झुक्याएको खुलासा भएको छ ।


कमजोर नियमक र एयरलाइन्स कम्पनीहरुको लापरबाहिका कारण दुई साता मै २ वटा हवाई दुर्घटना भोगिरहेको बेला श्री एयरलाइन्सको गम्भीर बदमासी शुक्रबार उदाङ्गो भएको छ ।   

शुक्रबार बिहान काठमाडौँबाट सुर्खेतका लागि उड्न लागेको विमान टेक अफ गर्ने समयमा धावन मार्गबाट फर्काइएको थियो । विमानमा सवार यात्रुहरुलाई विमानका परिचारिकाहरुले इन्डिकेटरमा समस्या आएपछि विमान उडान गर्न नसकेको भनेर जानकारी गराएपछि विमान धावनमार्गबाट ट्याक्सी वे मा फर्काइएको थियो । तर, विमान कम्पनीले भने यात्रुुको विवादका कारण विमान उड्न नसकेको भन्दै विमानस्थल प्रशासनदेखि नियमक र सञ्चार क्षेत्र सबैलाई ढाँट्यो । 

बिहान ७ः३० बजेका लागि काठमाडौँबाट सुर्खेतका लागि श्री एअरलाइन्सको नाइनएन–एओके कल साइन भएको विमानको उडान तालिका थियो । तर, मौसम खराबीका कारण विमानका यात्रुलाई ८ः१२ बजेपछि मात्रै बोर्डिङ गरिएको थियो ।

विमानस्थल स्रोतकाअनुसार विमान सबै यात्रुु राखेर रन वे तर्फ लागेको थियो । ट्याक्सी वे बाट धावन मार्ग तर्फ लाग्नेक्रममा १५ मिनेटसम्म एअर ट्राफिक भएको भन्दै होल्ड गरिएको थियो ।

‘त्यसपछि फेरि एक पटक धावन मार्गमा विमानले एक फन्को लगायो । विमान रन वे मा पुगेर टेकअफ लिन सकेन,’ स्रोतले भन्यो, ‘इन्डिकेटरमा समस्या देखिएपछि विमान फेरि पार्किङ लटमा फर्काइयो ।’

विमानमा सवार यात्रुुहरुका अनुसार पार्किङ लटमा फर्काएपछि ५ मिनेटसम्म यात्रुलाई विमान भित्रै राखियो  र सबैलाई बस चढ्न भनियो । २ वटा बसमा यात्रुुलाई राखिएको केही बेरपछि श्री एअरलाइन्सका कर्मचारीले यसअघिको विमान बन्न केही समय लाग्ने भएकाले अर्को विमानबाट सुुर्खेत पठाइने जानकारी गराए । 

सोही समयमा पोखराबाट श्री एयरलाइन्सकै नाइनएन–एएनएस कल साइन भएको विमान ल्याण्ड गर्यो । उक्त विमानका सबै यात्रुु झरिसकेपछि 9N-AOK विमानबाट बसमा राखिएको यात्रुलाई 9N-ANS विमानमा चढाइयो । पोखराबाट आएको विमानले इन्डिकेटरमा समस्या आएको विमानका यात्रुु लिएर सुुर्खेत उड्यो । 

त्रिभुुवन विमानस्थलस्थित श्री एयरलान्यसका कर्मचारीले पनि नियमित उडानका लागि टेक अफ पोइन्टमा पुगेको विमान 9N-AOK ले टेक अफ लिन नसकेपछि फर्काइएको पुष्टि गरे । ‘यात्रुुहरुलाई पोखराबाट आएको अर्को विमान 9N-ANS मा राखेर सुर्खेत पठाएका हौँ,’ एक कर्मचारीले भने । 

श्री एयरलाइन्सका सुुर्खेतस्थित व्यवस्थापक युवक हमालले पनि पहिला बोर्डिङ भएको विमान आउन नसकेपछि अर्काे विमानले यात्रुु ल्याएको पुष्टि गरे । ‘पहिले बोर्डिङ भएको जहाज आउन नसकेपछि अर्को जहाजमा यात्रु ल्याइएको हो,’ उनले भने, ‘हामीलाई विस्तृतमा जानकारी भएन ।’

तर, नियमक र एयरलाइन्स भन्छ ‘यात्रुको झगडा’

उड्न लागेको विमान धावनमार्गबाट फर्काइएको समाचार बिहानै आइसकेको थियो । समाचारमा नियामकदेखि विमान सञ्चालन गर्ने कम्पनीसम्मले यात्रुहरु विमानभित्र झगडा गरेका कारण विमान फर्काउनु परेको दाबी गरिरहेका थिए । 

त्यसो त सिधाकुराको सम्पर्कमा आएका श्री एयरलाइन्सका व्यवस्थापकले पनि त्यस्तै झूटो दाबी गरे । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले सुरुमा यात्रुुहरु गन्तव्यमा पुगिसकेकाले यो विषयलाई नउठाउन आग्रह गरे । तर, पछि उनले दुई यात्रुुबीच विवाद भएकै कारण जहाज फर्काइएको बताए । ‘दुई जना यत्राुहरुबीच विवाद भएपछि जहाज फर्काइएको हो,’ मानन्धरले दाबी गरे ।

यात्रुहरुबीच विवाद भए फेरि किन विमान नै परिवर्तन गरिएको त भन्ने प्रश्नमा उनले कुनै जवाफ दिन सकेनन् र फोन काटे । यता श्री एयरलाइन्सकै भाषा नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले पनि बोल्यो । 

नागरिक उड्यन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले दुुई यात्रुहरु विवाद गरेपछि  विमान फर्काइएको बताए । ‘विमानमा बसेका दुई यात्रुहरु बीच विवाद भएपछि जहाज फर्काइएको जानकारी आएको छ,’ उनले सिधाकुरासँग भने, ‘विमानमा  आएको प्राविधिक समस्याबारे भने जानकारी छैन ।’

विमानका यात्रु भन्छन् ‘एयरलाइन्स देखि नियामकसम्मले ढाँटे’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायत शुक्रबार सोही विमानमा सुर्खेत जाँदै थिइन् । मौसमको कारण देखाउँदै ढिला मात्रै उडान तय गर्न लागेको विमान धावन मार्गको टेक अफ पोइन्टमा पुगेर प्राविधिक समस्या आएको सुुनाउँदा आफूलाई डर लागेको बताइन् । ‘धावन मार्गमा केही बेर कुदेपछि पनि विमान उड्न सकेन,’ कठायतले भनिन्, ‘एयरहोस्टेजले इन्डिकेटरमा समस्या आएर पार्किङमा फर्कीदै छाैँ भनेर अनाउन्स गरिन् र विमान ट्याक्सी पार्कीङमा ल्याइयो ।’ सो विमानबाट ओर्लिएर  बसमा बसेपछि भने उनले श्री एयरलाइन्सका कर्मचारीलाई प्राविधिक परीक्षणका बारेमा सोधेको बताइन् । 

सोही क्रममा बसमा रहेका यात्रुहरु बीच सामान्य विवाद भए पनि श्री एयरलाइन्सका व्यवस्थापकले आफ्नो विमानको प्राविधिक समस्या लुकाउन मैले विवाद गरेको भनेर झुटो प्रचार गराएको कठायतले बताइन् । 

विमानमा सवार अर्की यात्रु हेमा महतले पनि यात्रुको विवादका कारण विमान फर्काइएको आरोपको खण्डन गरिन् । 

‘विमान टेक अफ गर्ने बेलामा एयरहोस्टेजले विमानमा प्राविधिक समस्या आएर पार्किङ वेमा फर्किन लागेको जानकारी गराएकी थिइन्,’ उनले भनिन् ‘विमान केही बेर रन वे मा कुुद्यो तर उड्ने बेलामा एयरहोस्टेजले इन्डिकेटरमा समस्या, हामी पार्कीङ लटमा फर्कीदै छौँ भन्ने जानकारी गराइन, त्यसपछि पार्कीङमा ल्याएर सबै यात्रुलाई विमान बाहिर निकालियो ।’ भएको एक तर प्रचार गरिएको अर्को विषय भन्दै उनले पनि अचम्म मानिन् । 

विमानमा सवार अर्का यात्रु हुन् सुर्खेत विरेन्द्रनगरका राजेन्द्र विष्ट । उनले पनि पार्किङबाट धावन मार्गमा पुग्न १५ मिनेट लगाएको विमानले धावन मार्गमा पुुगेपछि एयरहोस्टेजले प्राविधिक समस्या आएको जानकारी गराएको सिधाकुरालाई बताए । ‘विहान ७ बजेको उडान भनेर विमानस्थल पुुगेको थिए, पहिला मौसम खराब भएर एक डेढ घण्टा ढिला भयो, फेरि विमान उड्न धावन मार्गमा पुुगेपछि इन्डिकेटरमा समस्या आएको एयरहोस्टेजले उद्घोष गरिन्,’ विष्टले भने । 

आफ्नो कमजोरी लुकाउन एयरलाइन्सले यात्रुलाई दोषी देखाए पछि विष्टले फेसबुकमा स्ट्याटस् लेख्दै त्यसको खण्डन समेत गरेका छन् । ‘मिडियामा आएका समाचारहरुमा यात्रुरुको होहल्लाका कारण  विमान फर्काइएको’  भन्ने समाचार सबै झुट हुन् । आज बिहान साढे सात बजे सुर्खेत उडान तालिका रहेको श्री एयरलाइन्सको विमानमा प्राविधिक सामस्या आएर धावनमार्गमा पुगेर फर्काइएको र यात्रुरुहरुलाई पोखराबाट आएको अर्को विमानमा स्थान्नान्तरण गरेर सुर्खेत पु¥याइएको हो । म स्वयम्  प्रत्यक्ष्यदर्शी र त्यहि विमानमा आएको एकजना यात्रुु हो,’ विष्टले भनेका छन् ।   

इन्डिकेटरमा समस्या आएपछि कुनै पनि विमान उडाउनु नहुने नेपाल एयरलाइन्सका पूर्व वरिष्ठ पाइलट केवि लिम्बुु बताउँछन् । उनका अनुसार उडान पोइन्टमा पुुग्नु पुुर्व इन्डिकेटरमा समस्या आएपछि विमान उडान हुँदैन । ‘कहिलेकाहीँ विमान स्टार्ट गर्दा सामान्य देखिएपनि उडान पुग्ने बेलामा कुनै इन्डिकेटरमा समस्या देखिन सक्छ, ठुुलो सानो जस्तो पनि हुन सक्छ । त्यसको परीक्षण गरेर मात्रै उडाउनुपर्छ,’ लिम्बुले भने । 

यात्रुहरुको सुरक्षाका लागि श्री एयरलाइन्सले प्राविधिक समस्याकै कारण यात्रुहरुलाई ओरालेको भएपनि यात्रुहरुले झगडा गरेका कारण विमान नउडेको भनेर नियमक र यात्रुलाई किन ढाँट्यो यो भने अझै प्रष्ट छैन ।

अझ नियमक निकायले नै हल्लाको भरमा सत्य नबुझी भएको भन्दा फरक तथ्य सार्वजनिक गर्दै हिँड्दा आकाश असुरक्षाको मुद्दा चर्किरहेको बेला प्राधिकरणको गैरजिम्मेवारी झनै उदांगिएको छ । 

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||