काठमाडाैँ : टिकटकले टिकटकलाई नेपालमा दर्ता गर्नका लागि पत्राचार गरेको छ ।
सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि कम्पनीले टिकटलाई नेपालमा दर्ता गर्न पत्राचार गरेको हो ।
टिकटकले नेपालमा कम्पनी दर्ता गर्नका लाागि पत्राचार गरेपनि सरकारले भने उक्त माध्यमले सामाजिक विकृति फैलाएको भन्दै बन्द गरेको छ ।
टिकटक बन्द गरेसँगै टिकटकले दुरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विचार र अभिव्यक्तिको स्वतन्त्रको विरुद्धमा रहेको टिप्पणी गर्दै पत्र पठाएकाे थियो । टिकटकले सात बुँदामा विगतमा नेपालमा सरकारसँग भएका समझदारीहरू उल्लेख गरेर असन्तुष्टिसहितको पत्र पठाएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणलाई १३ अक्टोबरमा पत्र लेखेर टिकटकको दक्षिण एशियाका लागि सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने प्रमुख फर्डोस मोटाकिनले पर्याप्त आधार बिना नै सरकारले अनुचित रुपमा टिकटक बन्द गरेको उल्लेख गरेको थियो ।
त्यस्तै पत्रमा टिकटकले नेपाल सरकारका हरेक चासोहरूलाई सम्बोधन गर्न आफूहरू तयार रहेको उल्लेख समेत गरेको थियो ।
सरकारले २७ कात्तिकमा सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको जिकिर सहित टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
सरकारले गरेकाे टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० बढी रिट निवेदन दर्ता भएका छन् । जुन मुद्दा विचारधीन छन् ।