
काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् । विदेशमन्त्री जयशंकरले आजै ११ बजे शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नेछन् भने १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्नेछन् ।
त्यस्तै दिउसो १ बजे याक एण्ड यतिमा परराष्ट्रमन्त्री एनपी साउँदसँग वार्ता हुनेछ । आजे सवा १ बजे याक एण्ड यतिमा नेपाल भारत आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् ।
यस्तै पौने २ बजे विभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्ने तालिका रहेको बताइएको छ ।
विदेशमन्त्री जयशंकरले अपरान्ह् ३ः ४० मा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्ने भने साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नेछन् ।