उदयपुर । त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिषा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पियनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत देश विदेश सम्म चिनाउन सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले कार्कीलाई सम्मान गरेको हो ।
त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबलको सदस्य हुँदै रास्ट्रीय टिममा परेकी हुन् । हालै सम्पन्न साफ महिला च्याम्पियनसीपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन् । कार्कीलाई नगद सहित सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिषा नगरपालिकाको गहना मात्र नभएर यो देशकै उदाउँदो तारा भएको बताए ।
कार्कीलाई सम्मान सँगै पन्चे बाजाका साथमा उनलाई रास्ट्रीय झण्डा ओढाएर गाईघाट बजार परिक्रमा गराइएको थियो । सम्मान पत्र ग्रहण पछि कार्कीले उपाधी जित्न चुक्दा पनि हामीलाई सम्मान गर्नु भएको छ यो सम्मानले आगामी दिनमा खेल्ने खेलहरूमा खेल्न प्रोत्साहन सँगै आत्माबल समेत बढेको बताईन्।