श्याम केसी मृत्यु प्रकरणः परिवारले फेला पारेको सिसिटिभी फुटेजले जन्मायो हत्या आशंका

लक्ष्मण गिरी

काठमाडौँ । अशाेज २५ गते बिहान ६ बजे, साँखु पालुबारीका मनोज केसी साथीको घरबाट आफ्नो घरतर्फ फर्कँदै थिए । सोही क्षेत्रको थापा डिल भन्ने ठाउँमा पुग्दा करिब ६ः२० बजेको थियो । 

सितले भिजेको कच्ची सडक, बिहानको सुनसान समयमा उनले एक्कासि एक वयोवृद्ध मानिस सडकमा सुतिरहेको देखे । नजिक पुगेर हेर्दा आफ्नै बाबु (श्याम केसी) अचेत अवस्थामा भएको पाएपछि उनले नजिकका छिमेकी र आफन्त गुहारे ।


सुरुमा अचेत अवस्थामा भेटिएका उनका बाबु आफ्न्त आएर उठाउन खोज्दा उनको दायाँ हात काटेको पाइयो । उनको शरीर मुढोझैँ लडेको थियो, हातखुट्टा दोब्रिएका थिए । तत्काल एम्बुलेन्सलाई फोन गरियो । आफन्तले श्वासको चाल सुने तर पाएनन्, नाडी छामे, नाडी चलेको थिएन । वरिपरि रुवाबासी चल्यो । त्यसपछि उनलाई अस्पताल लान बोलाइएको एम्बुलेन्स रोकेर प्रहरी बोलाइयो । 

तस्विर : मृतक श्याम केसी

केही समयमै बौद्ध प्रहरी र साँखु प्रहरीको टोली घटनास्थल पुग्यो । प्रहरीले सिसिटिभी चेक, स्थानीयसँग सोधपुछ गरेर सडक दुर्घटना भएको आँकलनसहित श्यामको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठायो । 
त्यसको केही समयमै प्रहरीले सोही स्थान घर भएका आकाश थापा र उनको बी एबी ४००० नम्बरप्लेट भएको होन्डाई गाडी नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्ध पुऱ्यायो । उनको पनि मेडिकल जाँच गर्न पठायो । 


प्रहरीले अघिल्लो रात सो क्षेत्रमा श्याम केसीले मदिरा पिएको भट्टीमा भएका मनोज दङ्गालको मोबाइल पनि नियन्त्रणमा लियो । सो मोबाइलमा दङ्गालले केही मानिसले श्यामलाई उचालेर लिएर हिँडेको भिडियो थियो । सो समयसम्म श्यामको अवस्था सामान्य रहेको मनोजले खिचेर प्रहरीलाई बुझाएको भिडियोमा देखिन्छ भने सो कुरा स्वयं मनोज दङ्गालले समेत प्रहरीसामु स्वीकार गरेका छन् । 

मनोजको सोही भिडियोको आधारमा प्रहरीले अन्य केही स्थानीयलाई पनि नियन्त्रणमा लियो र सवारी ज्यानमा अनुसन्धान अघि बढायो । 

घटनाको प्रकृति हेर्दा सवारी दुर्घटना नभएर हत्या जस्तो देखिएको भन्दै परिवारले कर्तव्य ज्यानमा उजुरी दिने कोसिस गरे, तर प्रहरीले लिन मानेन ।  ‘हामीले कर्तव्यको उजुरी लगेर इन्स्पेक्टरलाई दियौँ ।  उहाँले पढ्नुभयो । पढेर अनुसन्धान नै तपाईँहरुले गर्नुभएको छ भन्ने जवाफ आएपछि भाईले तपाईँहरुलाई अनुसन्धान गर्न सजिलो होस भनेर दिएको बतायो’, मृतककी छोरी रुपाले गहभरि आँशु पार्दै भनिन्, ‘त्यसपछि उहाँले डिएसीकहाँ त्यो फाइल लानुभयो । डिएसपीले तपाईँहरुले प्रहरीलाई नै विपक्षी बनाउनुभएको छ भन्दै त्यो उजुरी हटाउनुभयो । दर्ता गर्न मान्नुभएन ।’

तस्विर : मृतककी छोरी रुपा डिसी

सवारी ज्यानको कसुरमा अनुसन्धान गर्दा प्रमाण फेला परे कर्तव्य ज्यानमा पनि अनुसन्धान हुने भन्दै प्रहरीले सवारी ज्यानको उजुरीमा परिवारलाई ल्याप्चे लगाउन लगाए । परिवारले प्रहरीको विश्वास गरेर भनेअनुसार नै गरे । तर ३/४ दिन बित्दासमेत प्रहरीले पोस्टमार्टमको रिपोर्ट नआएको, डाक्टरले हस्ताक्षर नगरेको भन्दै परिवारलाई आलटाल गरे ।

प्रहरीले अनुसन्धान गरेको बताउँदै गयो, श्यामका परिवारले शव नबुझ्ने भन्दै घटनाका थप क्लू खोज्न थाले । सोही क्रममा उनीहरुले घटनास्थल नजिकै रहेको एक आफ्न्तका घरको सिसिटिभी चेक गरे । सो सिसिटिभी चेक गर्दा थप नयाँ शंकास्पद विषयवस्तु फेला परे । 

सो सिसिटिभीमा रातिको ९ बजेर २ मिनेट जाँदा एक गाडी हुइँकिएर घटनास्थलतर्फ गएर पटकपटक हर्न बजाएको सुनिन्छ । 

त्यसको केही समयपछि अर्थात ९ बजेर ७ मिनेट जाँदा एक गाडी घटनास्थलतर्फबाट गएर अलि पर गएर फर्काएर रोकेर राखेको देखिन्छ । बत्ती समेत ननिभाई राखेको सोही गाडी ९ बजेर १५ मिनेटमा फर्किएर घटनास्थलतर्फ नै आउँछ ।  


घटनास्थलतर्फ आएको सो गाडी केही अगाडी मात्रै गएर रोकिन्छ । जसको लाइटको छायाँले त्यहाँ भएका मानिसहरु यताउता गरेको छायाँ, पारिका घरहरुमा प्रष्ट देखिन्छन् । सोही क्रममा ९ बजेर १७ मिनेट ३५ सेकेन्डमा एक मानिसले ‘गाडीले हानेको भए त मर्न पर्ने’ भनेको सुनिन्छ ।
 
त्यस्तै त्यसको करिब २० मिनेटपछि अर्थात ९ बजेर ४० मिनेट १६ सेकेन्डमा सो क्षेत्रमा प्रहरीको साइरन बजेको सुनिन्छ, त्यसको केही बेरमै एक व्यक्तिले ‘पुल कटेर वारी आउनुहोस न’ भनेको समेत सुनिन्छ । 
फोनमा बोलेको केही समयमै एक मोटरसाइकल सुरुमा कार गएको दिशातर्फ गएको देखिन्छ । 

त्यसको करिब १ मिनेटपछि अर्थात ९ बजेर ४१ मिनेट ३९ सेकेन्डमा सो गाडी गएर रोकिएको स्थानमा भएका एक व्यक्तिले ‘हस्पिटल लाने कि कि गर्ने रु’ भनेको सुनिन्छ । त्यसको प्रतिउत्तरमा अर्का एक व्यक्तिले ‘त्यसमा को जिम्मेवारी हो ?’ भनेको समेत सुनिन्छ । 

त्यसको केही सेकेन्डमै अर्का एक व्यक्तिले ‘कुन गाडीले हानेको, कहाँ लाने भन्ने त चाहियो नि । फोटो खिचेर राख’ भनेको सुनिन्छ । 
माथिका सबै घटनाक्रम केलाउँदा सो घटना रातिको ९ बजे देखि ९ः३० बजेको बीचमा भएको देखिन्छ । त्यो समयसम्म आइपुग्दा श्याम केसी घाइते अर्थात हस्पिटल लानुपर्ने अवस्थामा थिए भन्ने प्रष्ट छ । 

०००

मृतकका छोरा छोरीले यो श्रव्यदृष्य सामाग्री पाएपछि झनै केही व्यक्तिको लापरवाहीले आफ्ना बाबुको मृत्यु भएको र यो दुर्घटना नभई हत्या भएको भन्दै पुनः प्रहरी वृत बौद्ध पुगे । मृतकका छोरा मनोज केसीले त्यो सामग्री पेनड्राइभमा राखेर प्रहरीकहाँ बुझाए तर पनि प्रहरीले कर्तव्य ज्यानतर्फ अनुसन्धान नगरेर सवारी ज्यान नै भएको बताउँदै आयो ।

‘यत्तिका धेरै प्रमाण बुझाइसक्दा पनि प्रहरीले एकोहोरो सवारी ज्यान भनेर घटना मिलाउन खोजेको देखिन्छ ।’, मनोजले भने , ‘आफूहरुले उजुरी लिनुहोस्, प्रमाण नपुगे फैसलामा देखिएला भन्दा पनि उहाँहरुले इन्कार गर्नुभयो ।’
सिसिटिभीमा सुनिएका अडियो र देखिएका भिडियो क्लिपले कुनै कारणले घाइते अवस्थामा भेटिएका श्यामलाई स्थानीय र प्रहरीले उपचारका लागि नलगेर रातभर बाटोमा बेवहारिसे छोड्दा मृत्यु भएको आँकलन गर्न सकिन्छ । 

यसको स्वतन्त्र सत्यता परिक्षण भइसकेको छैन् । तर, यसलाई थप आशंका र आरोप प्रमाणित गर्ने तथ्यलाई प्रहरीले अभियुक्तहरुसँग गरेको बयानले पनि थप सहयोग गर्छ ।

बयानका क्रममा आकाश थापाले आफूले चलाएको गाडीले श्याम थापालाई ठक्कर दिएर मृत्यु भएको प्रष्ट नखुलाए पनि त्यो समयमा सो सडकमा अन्य सवारी नहिँडेका कारण आफ्नो गाडीले ठक्कर दिएको हुनसक्छ भन्ने आशयको जवाफ दिएका छन् । जवाफ मात्र हैन, उनले घटनाको जिम्मेवारी लिने समेत बताएका छन् । 

बयानकै क्रममा आकाश थापाले आफू पौने ९ बजेको समयमा रिसोर्टमा गएको बताएका छन् । तर सिसिटिभी फुटेजमा मृतकको शव भेटिएको दिशामा ९ बजेर २ मिनेट र ९ बजेर १५ मिनेटमा गरि २ पटक गाडी गएका देखिन्छन् । यसरी हेर्दा, सोही दिशामा अन्य सवारी साधन समेत गएको देखिन्छ तर आकाश थापाले सो सडकमा आफूले मात्रै सवारी चलाएको भन्दै घटना स्वीकार किन गरे ? घटना शंकास्पद देखिएको छ । 
बयानकै क्रममा आकाश थापाले आफूलाई ९ः२० बजेको समयमा छिमेकी महेश पौडेलले फोन गरेर तिम्रो घर आसपासमा मान्छे कराएको सुनिन्छ भनेपछि आफू घर आएको र साँखु प्रहरीलाई बोलाएको दाबी गरेका छन् । 

आफूले प्रहरी बोलाएपछि प्रहरी आएको समेत उनले स्वीकार गरेका छन् । प्रहरी आफ्नो घर वरपर आएको र सो समयमा आफ्नो घर अगाडि चोकमा श्याम केसी सुतिरहेको अवस्थामा भेटिएपछि मदिरा सेवन गरेर सुतेको भन्ने आफूहरु र प्रहरीको आँकलन भएको बताएका छन् ।


त्यस्तै, ९ बजेर ४० मिनेटमा आएको प्रहरीले समेत श्यामको अवस्था सामान्य देखेको बताएर फर्किएको उनले बयानमा भनेका छन् । 
९ बजेर २० मिनेट जाँदा होहल्ला भएको भन्दै आकाशलाई होहल्ला भएको भन्दै फोन जानु तर ९ बजेर ४० मिनेट जाँदा पुगेको प्रहरीले मदिराले सुतेको भन्दै त्यहीँ छोडेर हिँडेको भन्दै दिएको बयान सामान्य मान्न सकिन्न । 

बयानमा उल्लेख गरिएका केही बुँदालाई मात्र आधार मान्दा पनि आकाशको बयान र घटनाक्रम सोझै बाँझिएको देखिन्छ । आकाशले दिएको बयान र अर्का प्रत्यक्षदर्शी मनोज दंगालको बयान समेत बाँझिएको छ । 
मनोज दंगालकाअनुसार उनीहरु पुरुषोत्तमको खाजा पसलमा खाजा नास्ता गरेर बसेका थिए । त्यहाँ श्याम केसीले समेत केही मात्रामा मदिरा पिएर बाहिरिएका थिए । करिब पौने ९ बजेको समयमा सो सडकमा एक गाडी आएको थियो । मदिराले लठ्ठिएका श्यामलाई सडकमा लडिरहेको देखेर आफूले भिडियो बनाएर केही साथीहरु भएर सडकबाट छेउपट्टि सारेको बताएका छन् । सो समयमा श्याम जीवित रहेको र खाजा पसलका साथीहरु मिलेर छेउ सार्दा उनको शरिरमा केही चोट र निलडाम देखेको बताएका छन् ।


मनोजले बताएअनुसार यो घटना पौने ९ देखि ९ बजे बिचको हो । त्यो समयमा जीवित रहेका श्यामको जिउमा चोट देखिनु, निलडाम देखिनु तर आकाश अनि प्रहरीले केहि नदेखेको बताउनु सामान्य लाग्दैन ।

त्यस्तै, बयानकै क्रममा मनोजले आफूले खाजा पसलमा समेत श्यामको भिडियो खिचेको र बाहिर पल्टिएको अवस्थामा समेत भिडियो खिचेको बताएका छन् । त्यही व्यक्तिको अघिल्लो दिन पटक पटक भिडियो खिच्नु, भोलीपल्ट त्यही व्यक्ति मृत भेटिनु शंकास्पद छ । 

बयानका क्रममा सो रात घटना भएको स्थानमा पुगेका २ जना प्रहरीको बयान समेत प्रहरीले लिएको छ । जहाँ उनीहरु सिसिटिभीमा देखिएको समयमै सो स्थानमा पुगेको बताएका छन् ।  

आकाश थापाले हो हल्ला भएको भन्दै प्रहरीमा सम्पर्क गरेपछि आफूहरु २ जना सो स्थानमा पुगेको र पुग्दा होहल्ला कम भएको ति प्रहरीको बयानमा उल्लेख छ । 

त्यस्तै, उनीहरुले आफूहरुले पुरुषोत्तमको घर अगाडि एक रातो गाडीको अघि एक व्यक्ति पल्टिरहेको देखेको बताएका छन् ।

‘आफूहरुले उनीहरुको बारेमा सोधपुछ गर्दा आकाश आफैँले यो व्यक्ति सँधै यस्तै हो, मदिराको नशामा सुतेको हो पछि होस खुलेपछि घर जाने बताएपछि आफूहरुले उनीतर्फ टर्च बालेर हेरेको र अवस्था सामान्य देखेपछि फर्किएको’ बयानमा उल्लेख छ । 

जबकी अन्य व्यक्तिहरुले त्यसभन्दा पहिले नै गाडीले हानेको हो कि के हो भन्दै होहल्ला गर्नु, प्रहरीलाई बोलाउनु, प्रहरी आएपछि हस्पिटल लाने कुरा गर्नु, जिम्मेवारी लिने कुरा गर्नु अनि त्यही प्रहरीले आफूले सामान्य देखेको भन्दै बयान दिनुले घटनामा थप अनुसन्धानको खाँचो देखाउँछ । 

मृतकका छोराले सिधाकुरार्लाइ उपलब्ध गराएको सिसीटिभी भिडियोअनुसार प्रहरी गएको करिब १ मिनेट नपुग्दै प्रहरीकै सामु हस्पिटल लाने कि के गर्ने भन्ने होहल्ला भएको पुष्टि हुन्छ । त्यो संवादले श्याम अर्थात मृतक व्यक्ति घाइते अवस्थामा भएको भन्ने छुट्याउन समस्या हुन्न तर प्रहरीले किन उनलाई अस्पताल लानुको सट्टा बाटोमै बेवारिसे छोड्यो ? प्रश्न उनुत्तरित छ ।

त्यस्तै प्रहरीले बयानका क्रममा राति छोडिएको स्थानमा नै मृत भेटिएको तर अवस्था भने फरक अवस्थामा रहेको देखेको बताएका छन् । 
प्रहरीले नाताले मृतकका भाई पर्ने श्याम कुमार केसीसँग समेत बयान लिएको छ । श्याम कुमार केसी तिनै व्यक्ति हुन् जसले माथि सिसिटिभि फुजेटमा देखाइएको ९ बजेर ७ मिनेट जाँदा घटनास्थलतर्फबाट एउटा कार अलि पर लगेर केही समय रोकेर पुन घटनास्थलतर्फ फर्काएर आएका थिए ।

उनले आफूले आफ्नो घरसम्म गाडि जाने बाटो नभएका कारण सडक किनारमा पार्क गरेर रोकेर राख्न लाग्दा मनोज दंगाल, टिका बहादुर भुजेल, सुरज दंगाल लगायतका केही युवकले श्याम केसीलाई झुण्ड्याएर बोकेर लिएर आफूतिर आउँदै गरेको देखेको बताएका छन् । 

त्यस्तै गाडि पार्किङ्मा राखेर साथीसँग बोल्दै गर्दा चाडवाडको समयमा कसैले गाडीमाथि तोडफोड गर्ने डरले नजिकै घर भएको साथीलाई उनको पार्किङका गाडी हाल्न बोलाउँदा प्रहरी समेत आएकाले आफू पनि घटनास्थलतर्फ गएको दाबी गरेका छन् ।

त्यस्तै, उनले आफूले आफ्नो गाडी साथीको घरमा राखेर गएको, सो समयमा श्याम केसी मदिरामा लठ्ठिएकै अवस्थामा रहेको उनले बयानमा बताएका छन् । 
०००

बाबु मृत्यु भेटिएको दिनदेखि नै आफ्नो बाबुको सडक दुर्घटनामा मृत्यु भएको स्वीकार गर्न नमानेका श्यामका छोरा छोरीले थप प्रमाणका आधारमा हत्या भएको दाबी गरिरहेका छन् । बिहानीको समयमा शव भेटिँदा बाबुको शवमा सीत नभएको, घाउको रगत भुईँमा नरहेको, लुगा माथि पाखुरामा पुग्नु सडक दुर्घटनाका संकेत नभएको उनीहरु बताउँछन् । यी र यस्तै आधारहरु बोकेर आफूहरु बाबुको हत्या भएको भन्दै विभिन्न प्रमाण लिएर प्रहरीकहाँ जाँदा प्रहरीले उल्टै हप्काउने गरेको बताउँछन् ।
 
शरिरको दायाँ हातमा मात्र चोट लाग्नु, कुम खुस्किएको, करङ् भाँचिएको रिपोर्ट आउनु तर गाडीले ठक्कर दिएको जस्तो कुनै चोट नदेख्नुले त्यो दुर्घटना नभई हत्या भएको उनीहरुको दाबी छ । 

त्यस्तै शवको पोस्टमार्टममा समेत बाबुको छाति र पेटमा दख्खल पुगेकाले मृत्यु भएको रिपोर्ट आएसँगै उनीहरु झन् शसंकित छन् । उनीहरु सवारी दुर्घटना देखाएर घटना लुकाउन खोजिएको भन्दै न्यायको माग गर्दै प्रहरी, प्रशासन, न्यायालय र मिडिया गुहारिरहेका छन् । 

'हामीलाई प्रहरी अनुसन्धानको कुनै आशा छैन । बाँकी आशा न्यायालयको हो । हामी केही जान्दैनौँ, के थाहा अनुसन्धाननै बङ्ग्याएर गरेपछि फेसला के आउला सर ?', मृतककी छोरी रुपा जिज्ञासा राख्छिन् ।
उता प्रहरीले भने सवारी ज्यान कसुरमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ भने सरकारी वकिलले अदालतमा मुद्दा समेत दर्ता गरिसकेको छ । 

सो मुद्दामा जिल्ला अदालत काठमाडौँले प्रतिवादी आकाश थापालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेशपछि प्रतिवादी आकाश थापा कारागार कार्यालय जगन्नाथदेवल चलान भएका छन् । 

प्रतिक्रिया

Sidhakura Investigation

साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....

  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....

  • यसरी प*क्राउ परे मानव तस्क*रीको आ*रोप लागेका एमालेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी ||....
  • रविलाई साङ्गठनिक अपराधको मुद्दा किन ? || SIDHAKURA ||
  • तिहारको छेकोमा प्रयोगकर्तामाथि इन्ड्राइभको लुट धन्दा, तीन गुणासम्म असुल्यो शुल्क || SIDHAKURA....
  • दीपक मनाङेः कारागारदेखि कारागारसम्मको नालिबेली || DEEPAK MANANGE || SIDHAKURA ||
  • THE MANANG VALLEY || SIDHAKURA ||
  • 'रविविरुद्ध कांग्रेस एमाले राणा भन्दा पनि चर्को तानाशाही निस्किए' || SIDHAKURA ||
  • रविमाथिको प्रतिशोधको प्रतिकारमा रास्वपाका दुई कमाण्डर || DP ARYAL || SWORNIM WAGLE....
  • रविमाथि प्रतिशोधको विरोधमा जनता सडकमा || SIDHAKURA ||
  • रविको म्याद थप भएपछि अब आन्दोलन के हुन्छ ? || SIDHAKURA ||
  • जब 'मलाई बचाउनुस्' भन्दै सिधाकुरामा एक महिलाको फोन आयो... || SIDHAKURA ||
  • ५ सय ८० किलोमिटर यात्रा गरेर रविकाे लागि न्याय माग्न पोखरा आएका....
  • रविमाथि प्रतिशाेध, पुष्टिका आधार || SIDHAKURA ||
  • रविको पक्षमा सडकमा आए आमाहरु || SIDHAKURA ||
  • रवि लामिछाने प्रकरणमा इजलास भित्र के के भयो ? || SIDHAKURA ||
  • रवि पक्राउपछि दिनभर पोखरामा के भयो ? || SIDHAKURA ||
  • सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने लाई उत्कृष्ट पुरस्कार ! || SIDHAKURA ||
  • फरार प्रहरी इन्सपेक्टर! हनिट्र-यापमा ३० लाखको डिल!
  • धर्मशालामा सरकारको हस्तक्षेप, बालेनको डोजर प्रहरीको कब्जामा || SIDHAKURA ||
  • कुलेश्वरमा किन लखेटिए उद्योगमन्त्री ? || Why Public Chase the Minister ?....
  • कुलमान हटाउन ओलीको अक्रो प्रयास, के छ स्पष्टीकरणमा ? || SIDHAKURA ||
  • दसैँमा घर जाने हो ? बसको टिकट छैन ! || SIDHAKURA ||
  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....

Current Affairs

हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया....

  • हेटौँडामा खाद्यको कार्यक्रममा भ्रष्टाचार : चिया खुवाएर चिकेन खाजा सेटको बिल भुक्तानी....
  • १५ दिनपछि के गर्छन् कुलमान घिसिङ् ?|| SIDHAKURA ||
  • बार्दलीबाट रविको गर्जन, 'थुनामा राख्दैमा बाघ स्याल हुँदैन’ || SIDHAKURA ||
  • दीपक मनाङ्गेलाई यसरी छिराइयो कारागार || Deepak Manange || SIDHAKURA ||
  • रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय रुपन्देही पुर्याइयो || SIDHAKURA ||
  • उर्जा मन्त्रालयको दृश्यः मन्त्री उठेर हिँडे, राज्यमन्त्रीले सचिवलाई बोल्न दिएनन् || SIDHAKURA....
  • हाइकमाण्डको हिरासतको छलफलमा रविले नेताहरुलाई के भने ? || SIDHAKURA ||
  • प्रधानमन्त्री कार्यालय नै भष्ट्राचारको मुल जरो || राज्य व्यवस्था समिति || SIDHAKURA....
  • पोखरामा रास्वपाले गरेको प्रदर्शनमा अश्रुग्यास प्रहार || SIDHAKURA ||
  • 'कानुनतः रविलाई थुन्न मिल्दैन...' : कानुनविद् डा. गान्धी पण्डित || SIDHAKURA ||
  • हिरासतमा के भन्छन् रवि ? || SIDHAKURA ||
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले मनायो महाकवि देवकोटाको जन्मजयन्ती || SIDHAKURA ||
  • विमानस्थलमा हजारौँ यात्रु अलपत्र || SIDHAKURA ||
  • उदयपुरको मौलीक देउसी भैलो || Deusi Bhailo || SIDHAKURA ||
  • ‘हाम्रा छोरा-छोरीहरु रवि-बालेनको समर्थनमा छन्, हामीले रोक्न सकेका छैनौं’ सञ्चारमन्त्री गुरुङ ||
  • Lights, Blessings, Action! Laxmi Puja at Sidhakura || सिधाकुरामा लक्ष्मी पूजा ||
  • प्रचण्डकाे छमछमी || Puspa Kamal Dahal "Prachanda" ||
  • कुकुर: आज्ञाकारी र रक्षक || SIDHAKURA ||
  • जसले दबाब दिएपनि बिजुलीको पैसा उठाएरै छोड्छु: कुलमान घिसिङ || SIDHAKURA ||
  • रोक्का राखेको ६० बोरा चामल गायब, खाद्य प्रविधि, सिडियो कार्यालय, पालिका र....
  • देश किन र कसरी डुब्यो जान्न मन भए सिंहदरबारको वैद्यखाना हेरे पुग्छ–....
  • 'यो देशमा रवि जस्ता राम्रो मान्छेलाई टिक्न दिँदैनन्, मदन भण्डारीलाई पनि यस्तै....
  • पक्राउ परेका नेताहरुलाई निशर्त रिहा नगरे घेरा तोड्ने रास्वपाको चेतावनी || SIDHAKURA....
  • रास्वपाको प्रदर्शन सुरुमै बालुवाटारमा धरपकड, फक्राउ परे नेताहरु || SIDHAKURA ||
  • प्रधानमन्त्रीले जग्गा दान लिनु भ्रष्टाचार हो, लिनेदिनेलाई नै कारवाही होस् || SIDHAKURA....