पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् पूर्वमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो पार्टी सभापति र कार्यकर्ता विरुद्ध नलाग्न सरकारलाई चेतावनी दिएका छन् ।
कास्कीको पोखरामा सभापति पक्राउको विरोधमा भएको वृहत सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले रास्वपा र सभापतिले कानुनलाई सघाएको बताए ।
दुई तिहाइको सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै उनले उनले पार्टी पङ्क्ति र कार्यकर्तालाई संयमित र जिम्मेवार भएर आन्दोलनमा लाग्न आग्रह गरे ।
‘पार्टी सभापति र हाम्रो कार्यकर्ता माथि धरपकड भयो भने हामी प्रतिकार गर्न बाध्य हुन्छौँ,’ नेता श्रेष्ठले भने । रास्वपाको शक्तिसँग दुई तिहाइको सरकार डराएको भन्दै उनले आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग हुन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
पार्टी सभापतिको पक्राउ विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम सुरु भएको भन्दै कार्यकर्तालाई त्यसतर्फ रचनात्मक र जनतालाई कष्ट दिने प्रकारको नबनाउन पनि आग्रह गरे ।
विरोध सभामा नेताहरूको सम्बोधन जारी छ । पार्टी सभापति पक्राउको विरोधमा काठमाडौँ, पोखरा देखि देशभरका मुख्य शहरहरूमा रास्वपाले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको छ ।