ललितपुर । ललितपुरको महालक्ष्मीमा आगलागीमा परि एकै परिवारका पाँच जना घाइते भएका छन् । महालक्ष्मी नगरपालिका–१७ बाफलको एक टहरोमा आगलागी हुँदा ३ जनाको अवस्था गम्भिर छ भने २ जना घाइते भएका छन् ।
घाइते हुनेमा टहरोमा बस्दै आएका सञ्जय गिरी, उनकी श्रीमती रुपा गिरी, उनका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा गिरी रहेका छन् । उनीहरुको उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले बताए ।
प्रहरीका अनुसार उक्त टहरामा मोबिल भरेर राखिएको थियो र उक्त मोबिल खन्याउने क्रममा आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।