काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रसाईंका अंगरक्षकले प्रयोग गर्दै आएको हतियारबाले छानबिन गर्न गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । छानबिन समितिमा गृहमन्त्रालयका उससचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी रहेका छन् ।
उक्त समितिले जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नं १०१३१ मा जारी भएको २२ बोर नम्बरको हतियारको इजाजतपत्र र त्यसको नविकरणका विषयमा छानबिन गरेर दोषीउपचर कारबाही गर्न सिफारिस गर्ने जनाएको छ । छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
गत चैट ५ मा प्रसाईं हातहतियारसहित आफ्ना २ अंगरक्षकलाई साथमा लिएर सर्वोच्च अदालत पुगेका थिए । सोही स्थानबाट उनका अंगरक्षलाई प्रहरीले पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गत चैत १३ मा प्रसाईंका अंगरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई रिहा गर्न आदेश दिएको थियो ।