काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिहंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री गंगा दाहालले विभिन्न मामिलामा रकम बुझेको प्रमाण आफूसँग भएको दाबी गरेका छन् ।
सांसद सिंहले फेसबुकमा स्टाटस राख्दै दाहालले व्यापारीसँग पैसा बुझेको प्रमाण समेत रहेको उल्लेख गरेका हुन् । सांसद सिंहले लेखेका छन् "प्रधानमन्त्री छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन९कुन ब्यापारी सङ कुन९कुन मामिलामा कति रकम बुझेका छिन त्यो सबै प्रमाण म सङ सुरक्षीत छ। समय आएपछी त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु। "
सांसद सिहंले यस अघिदेखिनै एनसेल खरिद बिक्रीमा समेत प्रधानमन्त्रीको परिवार र कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारले पैसा खाएको आरोप लगाउँदै आएका छन् । तर जिम्मेवार सांसदले लगाएको आरोपका विषयमा भने दुबै परिवार मौन छन् । प्रधानमन्त्री प्रचण्ड तथा पूर्व प्रधानमन्त्रीको देउवाको परिवारले समेत यस विषयमा मुख खोलेका छैनन् ।
स्टाटसका विषयमा सिधाकुरासँग कुरा गर्दै सांसद सिहंले भने "म सँग प्रमाण भएरै मैलेनै स्टाटस लेखेको हो ढुक्क हुनुस्, समय आएपछि सार्वजनिक गर्छु "