
६ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी छानबिन गर्नेमा दलहरुबिच सहमति जुटेको छ ।
उक्त आयोग ‘जाँचबुझ आयोग २०२६’ अनुसार गठन हुने छ । यो सहमतिसँगै अब सदन खुलाउने सहमति भएको छ ।
तर उक्त आयोग सिआईबीले अनुसन्धान सकेको १ महिनापछिमात्र गठन हुनेछ । आज भएको सहमतिमा २०८० अशोज ५ गते आयोग गठन गर्ने सहमति भएको छ ।