८ भदौ, काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित फिलिपिन्सका नागरिक
पत्राउ परेका छन् ।
पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए
।
मेसाको साथबाट प्रहरीले ३२ सय अमेरिकी डलर र ८ लाख ५० हजार नेपाली
रुपैयाँ सहित बिहीबार पक्राउ परेका
हुन् ।
फ्लाई दुबईको उडानमा
काठमाडौँबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
फिलिपिन्सका नागरिक आर्सिनो जेआर मेसा लाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
भाद्र ८, २०८० ०१:३७ मा प्रकाशित