प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा दुई घण्टासम्म मुख्यत ३ विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार १२ गतेबाट हुन लागेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण, २० गते हुन लागेको कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (९टीआरसी) संसद्बाट पारित गर्ने विषयमा छलफल भएको थियो ।