काठमाडौँ । नेपालकै पानीबाट हाइड्रोजन इन्धन उत्पादन गरेर गाडी चलाउन सकिने परिक्षण सफल भएको छ । काठमाडौं विश्वविद्यालयको प्रयोगशालाले पानीबाट हाइड्रोजन उत्पादन गरेर गाडीमा इन्धनको रुपमा प्रयोग गर्न गरेको प्रयोग आइतबार सफल भएको हो ।
नेपालमा हाइड्रोजन उत्पादन र गाडीमा रिफ्युलिङ इन्धन भर्ने काम ० सफल भएको विश्व विद्यालयका ग्रीन हाइड्रोजन प्रयोगशालाका प्रमुख डा।विराज सिंह थापाले सिधाकुरालाई बताए ।
‘नेपालमा एउटा इतिहास बनेको छ । पहिलो पटक हाइड्रोजन उत्पादन भई गाडीमा रिफ्युलिङ भएको छ । नेपालको लागि आज हाइड्रोजन डे हो,’ प्रयोगशालाका प्रमुख सिंह थापाले भने ।
विश्व विद्यालयलाई नेपाल कै पानीबाट हाइड्रोजन उत्पादन गर्ने कार्यका लागि नेपाल आयल निगमले सहयोग गरेको थियो । निगमका तत्काल कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले विश्व विद्यालयका लागि अनुदान सम्झौता गरेका थिए । सोही सहयोगमा सुरु भएको नेपालमा हाइड्रोजन उर्जाको प्रयोग ३ वर्षपछि सफल भएको हो ।
-
Jayaraj Pant 8 months agoGood
-
Surendra Chand 8 months agoVery good
-
Yambahadur Gurung Pandhare 8 months agoति निगम प्रमुख लाई समेत सम्मान गर्न अनुरोध छ ।,
-
Aashish upreti 8 months agoAbba chai nepal kaa scientists le kai garlan jasto xan
-
Ranabhat Deepak 8 months agoHydrogen ko byproduct oxygen niskine bhaye kasto gajjab hunthiyo hola.
-
अनुग्रह राना मगर 'पुष्प' 8 months agoबधाई छ
-
Bhuban prasad Acharya 8 months agoGood !