काठमाडाैँ : द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।
बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
सोही निर्देशनपश्चात नेपाल एअरलाइन्सको जहाज राती २ : ३० बजे इजरायलका लागि उड्ने भएको हो ।
सामान्य अवस्था नभएकोले पहिलो चरणमा नेपाल एअरलाइन्सको चार्टर विमान पठाउन लागिएको हो । जसका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ।
समस्याग्रस्त मुलुक जानुअघि विमानको इन्सुरेन्स गर्नुपर्ने हुन्छ । त्यसका लागि जहाज सुरुमा युएइ जाने र त्यसपश्चात भने सिधै इजरायल जाने छ ।
हालसम्म इजरायलबाट घर फर्किन चाहने ३५० भन्दा बढी नेपालीहरू तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्।
शनिबार बिहानदेखि इजरायलमाथि हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न प्रोगाम अन्तर्गत इजराय पुगेका ४९ जना विद्यार्थीमध्ये अन्यलाई भने सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।