२६ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेमका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै नभएर हितैसी मित्र र सुख दुःखको साथी समेत भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमा नेम्वाङले लोकतान्त्रिक संविधान निर्माण गर्न पुर्याएको योगदान सधैँ सम्झिरहने समेत उल्लेख गरेका छन् ।
ओलीले लेखेका छन्,। ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !