१७ असोज । जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जारी गरेको अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यु) लाइृ आज पनि निरन्तरता दिएको छ । कर्फ्युपछि भने अहिले नेपालगञ्ज शान्त छ ।
दोस्रो दिन पनि कर्फ्युाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ । प्रशासनले सामाजिक सञ्जाल तथा अन्य कुनै पनि माध्यमबाट सामाजिक सद्भावमा असर गर्ने कुनै सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको हो ।
पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र पर्ने क्षेत्रहरुमा प्रशासनले निषेधाज्ञा लगाएको छ । उक्त क्षेत्रमा सभा, प्रदर्शन लगायतका कार्य गर्न रोक लगाइएको छ ।
कर्फ्युका उक्त क्षेत्र सुनसान बनेको छ । निषेधित क्षेत्रमा बन्देज लगायएका कार्यहरु गरे स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ ।