
६० किलो सुन प्रकरणमा पक्राउ परेको प्रतिवादीहरुको आजदेखि थुनछेक बहस सुरु हुँदै छ । सिनामंगलबाट राजश्व अनुसन्धान विभागले नियन्यत्रणमा लिएको सुन प्रकरणमा पक्राउ परेका २६ प्रतिवादीको बयान मंगलबार सकिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान भएको हो ।
बयान सकिएपछि आजबाट थुनछेक बहस सुरु हुने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।