युक्रेनमा युद्ध, नेपालमा आँसुको भेल (भिडियाेसहित)

लक्ष्मण गिरी

काठमाडाैँ । ‘म 'वार' मा जाँदै छु । म आएपछि फोन गर्छु तिमीलाई’ भन्नुभएको थियो । तर अहिलेसम्म मलाई कल गर्नुभएको  छैन,’ टिना घिमिरे भक्कानिन्छिन् । उनको गला अवरुद्ध हुन्छ, चाहेर पनि बोल्न सक्दिनन् । अनि आफूले पीडा पोख्न समाएको माइक अर्कोलाई थमाउँन खोज्छिन् । 


शुक्रबार काठमाडौँको एक रेस्टुराँमा २ दर्जन बढी पत्रकारसँग उदयपुरकी टिना घिमिरेले आफ्नो श्रीमानको कल नफर्किएको भन्दै गला अवरुद्ध पार्दा सिङ्गो हल चकमन्न बन्यो । 

कलिलो बालक च्यापेर शुक्रबार उनी सबेरै पत्रकारसँग भेटघाटका लागि आइपुगेकी थिइन । पीडित परिवारका तर्फबट आयोजित अन्तरक्रिया कार्यक्रम चलिरहँदा उनका काखे छोरा घरी आमाको काखमा लुटपुटिन्थे त कतिबेला आमाले बोल्दै गरेको माइक तानेर आफू बोल्न खोज्थे । झण्डै २ महिनायता अनिदो रात अनि अशान्तिका दिन बिताइरहेकी टिनाको श्रीमानसँग नोभेम्बर ३० तारिखयता सम्पर्क भएको छैन् । 'सम्पर्कका क्रममा पदमले आफू युद्धमा जान लागेको र फर्किएपछि सम्पर्क गर्ने आश्वासन दिएका थिए । तर २ महिनासम्म पनि उनी सम्पर्कमा आएका छैनन् ।’ 


टिनाका श्रीमान पदम गत असोज ३१ गते रोजगारीका लागि भन्दै रुस गएका थिए । गरिब परिवारका उनी करिब १० लाख रुपैयाँ ऋण खोजेर एजेन्टमार्फत रुस पुगेका थिए । सुरुवातमा एजेन्टले राम्रो कमाइ हुने भन्दै रुस पुर्याएको र रुस पुगेपछि मात्र श्रीमान रसियन आर्मीमा भर्ती भएको थाहा भएको उनले बताइन् । आर्मीमा भर्ती भइसकेपछि पटक पटक भाग्न प्रयास गरेपनि श्रीमान उनीहरूको पञ्जाबाट फुत्किन नसकेको टिनाले स्तब्ध हुँदै सुनाइन । 

ooo

रुसमा दाइ घाइते अवस्थामा रहेको थाहा पाएकी खोटाङकी सिला राई पनि सञ्चारकर्मीसामु भावुक बनिन् । उनका दाइ रविन पुमा राई पनि पदमले झैँ एजेन्टलाई पैसा खुवाएर रुस पुगेका थिए । करिब ६ महिना पहिले रुस पुगेका उनी रसियन आर्मीमा भर्ती भएको र घाइते भएको उनले थाहा पाएकी रहिछिन् । 


आर्मीमा भर्ती भएर युक्रेनसँगको भिडन्तमा होमिँदा ग्रिनेट पड्केर उनी गम्भिर घाइते भएको २१ दिन भइसकेको उनले सुनाइन् । ‘राम्रोसँग बोल्न पनि सक्नुहुन्न बिचरा १ तर जतिसक्दो कोसिस गरेर बल्लतल्ल बोल्नुहुन्छ । मलाई नेपाल निकाल भन्नुहुन्छ । हामी असहायको को हुन्छ र निकाल्ने रु,’ सिला भावुक हुन्छिन् ।

आफ्ना कुरा सञ्चारकर्मीसँग राख्न आएकी सिलाले परिवार दाजुको बाटो कुरेर बसेको भन्दै पटक पटक सरकारलाई उद्धार गरिदिन आग्रह गरिन् । ‘सरकारले सुनिदिनुहुन्छ कि, नेपाल झिकाउनका लागि केही गरिदिनुहुन्छ कि भनेर अनुरोध गर्न आएको हुँ । दाइलाई जसरी भएपनि नेपाल ल्याइदिनुहोस्।’

ooo

कार्यक्रममा रुसी सेनामा कार्यरत भएर भाग्यले बाँचेर नेपाल आउन सफल भएका युवाहरू पनि उपस्थित थिए । तीनै मध्येका एक खोटाङका सुमन राईले रुसी सेनामा आकर्षक तलब हुन्छ भन्ने मेनपावरको प्रलोभनबाट रसिया पुगेको बताए । उनले त्यहाँ सोचेजस्तो नभएपछि नेपाल फर्किएको बताए । 


एजेन्टले काठमाडौँबाट दुबई, मस्कट हुँदै रुस पुर्याएको भन्दै उनले रुस पुर्याएको भोलिपल्ट नै आफूलाई रसियन आर्मीमा भर्ती गरिएको बताए । भर्ती भएको केही दिनमै युद्धकै क्रममा आफ्नै क्याम्पका नेपाली साथी इलामका विजय तामाङको निधन भएको उनले जानकारी दिए । 

साथीको मृत्युसँगै आफूलाई असुरक्षित ठानेर ३ लाख घुस एजेन्टलाई खुवाएर आफू नेपाल फर्किएको खुलाए । ‘नेपालीहरूले भाषा बुझ्दैनन् । जसले गर्दा सेनाको कमान्ड बुझ्दैनन् । दाहिने जा भने देब्रे गइन्छ । त्यही कारण नेपालीहरूले ज्यान गुमाइरहेका छन्,’ राईले भने ।

सरकारले रुसी सेनामा भर्ती भएका आधा दर्जन मात्र नेपाली मारिएको बताए पनि ६ सय बढी नेपालीले ज्यान गुमाएको हुनसक्ने उनले खुलासा गरे । रुसी सेनामा भर्ती भएका नेपालीहरू नरकको जिन्दगी बिताउन बाध्य भएको भन्दै उनले रुसी सेनाले समेत पीडा दिने गरेको उनले सुनाए । 

शुक्रबार पीडित परिवारको तर्फबाट काठमाडौँमा सञ्चारकर्मी मार्फत सरकारलाई पीडा सुनाउन आएका अधिकांश परिवारको पीडा उस्तै थियो । परिवारका सदस्य गुमाएका तथा अंगभंग भएका परिवारका सदस्यहरूले  एउटै स्वरमा सरकारलाई भने ‘सरकार हाम्रो परिवारको सदस्यको रक्षा गरिदिनुस्, उनीहरूलाई फिर्ता बोलाइदिनुस् ’

सरकारी तथ्याङ्कअनुसार रुस युक्रेन युद्ध सुरु भएयता मात्रै १७ सय २७ नेपाली विभिन्न उद्देश्यले रुसमा पुगेको देखिएको छ । अध्यागमन विभागका अनुसार ७४९ जना विद्यार्थीका रुपमा, ३५६ जना रोजगारीका लागि र २८८ जना पर्यटकको रुपमा र ३३६ जना  अन्य उद्देश्य नखुलिकनै रुस पुगेको पाइएको छ । यस बाहेक अनधिकृत बाटो भएर रुस पुग्ने नेपालीको तथ्यांक सरकारसँग छैन ।

प्रतिक्रिया

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||