राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाेखरामा कांग्रेस र एमाले नियाेजित रुपमा मुडभेड निम्त्याउन खाेजेकाे आराेप लगाएकाे छ । बिहीबार पाेखरामा आकस्मिक पत्रकार सम्मेलन गर्दै साे पार्टीले यस्तो जानकारी गराएकाे हाे ।
रास्वपाकाे आन्दोलन बिथोल्न प्रतिकार गर्नेगरी भेला हुन कांग्रेस र एमालेले पार्टी पँङ्तिमा सर्कुलर जारी गरेको रास्वपा गण्डकी प्रदेश सभापति राजन गाैतमले बताए । अहिले पत्रकार सम्मेलन जारी छ ।