पोखरा । सहकारीक प्रकरणमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । दुवैजनालाई अहिले अदालतको परिसरमा राखिएको लामिछानेका तर्फबाट बहस गरिरहेको अधिवक्ता डा नारायण कडेलले जानकारी दिए ।
सडकमा लामिछानेको समर्थनमा प्रदर्शन चर्कीन थालेपछि प्रहरीले अदालतको ढोका खुल्न साथ भित्र छिराएको छ । रास्वपाका नेता कार्याकर्ता तथा लामिछाने समर्थकले पोखराको वाई चोकमा प्रदर्शन सुरु गरेका छन् ।