काठमाडौंँ । सत्ता गठबन्धनमा हलचल भएसंगै प्रतिनिधि सभा बैठक प्रभावित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक २४ फागुनसम्मका लागि स्थगित भएको छ ।
संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक २४ गते बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेको हो । नेपाली काङ्ग्रेससहितको सत्ता गठबन्धन टुटेर एमाले, माओवादी र रास्वपाको नयाँ समीकरण बनेपछि राजनीति पेचिलो बनेको छ ।