शुक्रबार राति जाजरकोट आसपासलाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ ।
रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना घाइते भएका छन् । यता जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २१ जनाको ज्यान गएको छ ।
विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।
भूकम्पपछि सुख्खा पहिराेले बाटाे अवरूद्ध हुँदा उद्धारमा कठिनाइ भइरहेको अधिकारीको भनाई छ ।