काठमाडौँ । क्रिकेट टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो। एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे । त्यसैगरी, अर्को समुह बिहान १० बजे अवतरण गरे । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो । नेपाल इतिहासमा नै दोस्रो पटक टी–२० विश्वकपमा सहभागी बनेको थियो ।