
१० भदौ, काठमाडौं- सत्ता पक्षसँग तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको नेकपा एमालेले दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ ।
एमालेले सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको हो । जसमा लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
दुई समितिमा उम्मेदवारी दर्ता गराएको एमालेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा को पठाउने भन्ने विषयमा छलफल गरिरहेको छ ।
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ। यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि संसदीय समितिले सभापति पाउन लागेका हुन्।