१४ असाेज. काठमाडाैँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका दिनमा राष्ट्रपतिले हत्यारालाई माफी दिएर भोज लगाएको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा उनले संविधान दिवसको दिन राष्ट्रपतिले मान्छे काट्नेलाई उन्मुक्ति दिएर भोज लगाएको आरोप लगाएका छन् । त्यस्तै उक्त भोज कार्यक्रममा संयोगले आफू पुग्न नसकेको अन्तमा ठिक भएको उनले जनाएका छन् ।
उनले भने, ‘त्यतिधेरै लगानी गरेर हामीले संविधान बनाएको दिनको मौका छोपेर जुन काम सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको घोर विरोध गर्न चाहन्छु’ ।
त्यस्तै सभापति लामिछानेले जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति प्रणालीनै गलत भएको भन्दै उक्त प्रणालीनै परिवर्तन गर्न माग गरे । उनले भने , ‘जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली बन्द गर्न म जोडदार माग गर्दछु’