काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुस युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।
पछिल्लो पटक प्राप्त जानकारी अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको निधन भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
यसअघि रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगङ्गा १ का रुपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार ५ स्याङ्जाका पितम कार्की, मेलुङ ६ दोलखाका राजकुमार रोका, इलाम ५ इलामका गङ्गाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।