काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रङ्गशालाबारे क्यान पदाधिकारी र खेलाडीसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परामर्श गरेको र सो भेट उत्साही रहेको प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रङ्गशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु।’ प्रधानमन्त्रीले फेसबुकमार्फत भनेका छन् ।