
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । चीनको भ्रमणमा रहेका बेला उनलाई हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर बुधबार स्वदेश फर्किएका हुन् ।
बेइजिङमा आयोजित तेस्रो 'बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन' (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।