काठमाडौँ । कमलादीस्थित टुकुचा खोलामा भासिएको सडकको निर्माण कार्य धमाधम अगाडि बढेको छ । काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको काठमाडौँ प्लाजाछेउको उक्त सडक गत साउन अन्तिम साता भासिएको थियो।
सडक विभागले दुई महिनामा काम सक्ने गरी डिजी प्रकाश कन्स्ट्रक्सनलाई सो सडक बनाउने जिम्मा दिएको छ।
कार्तिक २६, २०८१ ०२:५९ मा प्रकाशित