
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धिकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ ।
बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएबमोजिम जिल्ला अदालत काठमाडौँमा ३० लाख धरौटी बुझाएका खाँणलाई विभागले समेत १५ लाख रुपैयाँ धरौटी मागेको हो । उनले विभागमा समेत १५ लाख धरौटी बुझाएका छन् ।
विभागमा धरौटी बुझाएका खाँडलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगेको टछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
विभागले धरौटी लिएसँगै अख्तियारले बयानपछि खाडलाई धरौटीमा छाडे मात्र खाँण प्रहरी नियन्त्रण बाहिर हुनेछन् ।