काठमाडाैँ । हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ लगायतका धामहरूमा शिवकाे पूजाआरधना गर्न महिला श्रद्धालुहरूको घुइँचो लागेको छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वासका साथ व्रतालुहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।भदाैकाे सिमसिमे पानीमा भिज्दै व्रतालुहरू पुशपतिनाथमा पुजाआरधना गरिरहेका छन् । तस्बिरहरूः
मंसिर ६, २०८१ बिहीबार |