काठमाडौं । माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ परेका हुन् । निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सरकारले माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।