१८ भदौ काठमाडौं । एसिया कपको समूह चरणमा नेपाल र भारतबीचको निर्णायक म्याच केहीबेरमा श्रीलंकाको पल्लाकेली रंगशालामा सुरू भएको छ ।
दुवै टीम खेलका लागि मैदानमा पुगिसकेका छन् । नेपालले टस हारेको छ।
टस जित्दै भारतीय कप्तान रोहित शर्माले पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपाललाई ब्याटिङको निम्तो दिइएको छ।
को-को पुगे श्रीलंका
नेपाल र भारतको खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पल्लाकेली रंगशाला पुगेका छन् । यस्तै काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह पनि रंगशाला पुगेका छन् भने नायिका वर्षा शिवाकोटी पनि श्रीलंका पुगेकी छिन् ।
नेपाल तथा विदेशमा रहेका धेरै नेपाली आजको एेतिहािसक खेल हेर्न श्रीलंका पुगेका छन् ।