काठमाडौं । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज मध्यराति १२ बजदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको एक मन्त्रीले सिधाकुरालाई बताए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
मंसिर ८, २०८१ शनिबार |