त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पुनःदरखास्त आह्वान गरिएकाे छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्न यस अघि गरिएको आह्वान विवादमा परेपछि खारेज गरिएको थियो ।
विवादित प्रावधान हटाएर सोमबार पुनः उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
उपकुलपति नियुक्ति सम्बन्धि कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।