
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । उनको कन्स्ट्रक्सन सहित अन्य १८ कम्पनी पनि कालोसूचीमा परेका छन् ।सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन तुम्लिङ्टारको सिफारिस अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले साढे २ वर्षका लागि कालोसूचीमा राखेको हो ।
यो कम्पनीका सञ्चालक प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेस नेता एवम् राज्यमन्त्री पूर्णबहादुर तामाङ हुन् । अब उनको कम्पनीले साढे २ वर्षसम्म सार्वजनिक खरिद बारवाहीमा भाग लिन पाउने छैन । यस्तै कार्यालयले अरू थप दुई कम्पनीलाई दुई वर्ष, ३ कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
यी हुन कालोसूचीमा परेका निर्माण व्यवसायी कम्पनी :
