काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ३६ अंकले बढेको छ । डेढ दर्जन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको बजारमा कारोबार रकम पनि ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
परिसूचक बढेर २ हजार ५९.४९ को बिन्दुमा पुग्दा सोमबार कारोबारमा आएका ३०९ वटा कम्पनीमध्ये २१२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने २९ वटा कम्पनीको सेयर मूल्य घट्यो, ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।
जलविद्युत, लगानी, जीवन बीमा र फाइन्यान्स उपसमूहमा उच्च अंकले बढेको बजारमा आज सिंगटी हाइड्रोेपावर, मोदी इनर्जी, त्रिशुली जलविद्युत र मुक्तीनाथ कृषि कम्पनीका शेयर धनीले बजारबाट राम्रो आम्दानी गरे ।
सोमबारको दोस्रो बजारमा धेरै गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक, प्रभु स्मार्ट फण्डका लगानी कर्ता रहे । आजको दोस्रो बजारमा सोनापुर मिनरल्सको मात्रै २१ करोड ८४ लाख, माउण्टेन इनर्जीको १९ करोड ३६ लाख र हाथवे इन्भेष्टमेन्टको सेयर १६ करोड ५५ लाख र नेपाल पूर्वाधार बैंको सेयर ११ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
पुस २३, २०८० ०३:४३ मा प्रकाशित