दाङ । नेपाली सेनाका एक जना अमल्दारले आफ्नै श्रीमतिको हत्या गरेका छन् । यो घटना पश्चिम नेपालको दाङ जिल्लाको तुल्सिपुर नगरपालिका वडा नम्बर ६ को हो । सैनिक अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको शुक्रबार धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।
शालिकराम शुुक्रबार बिहान ८ बजे श्रीमती टिका बुुढाथोकी बसेको कोठामा पुगेका थिए । प्रहरीका अनुसार कोठामा पुग्दा उनले आफ्नी श्रीमती टिका बुुढाथोकी र अर्का एक पुरुष नेपाली सेनाकै जवान आर्यन थापालाई एकै ठाउँका भेट्टाए ।
त्यसपछि उनले सुरुमा आर्यनलाई खुुकुुरी प्रहार गरेको प्रहरीको भनाई छ । आर्यन त्यहाँबाट भागेपछि श्रीमती टिका कोठाबाट निस्केर घरको छततर्फ लागिन् । आफूू बसेको घरको छतबाट अर्को घरको छतमा गइन् तर घरको गेट बन्द भएकाले त्यहाँबाट तल झर्न सकिनन् । उनलाई पिछा गर्दै छतमा पुुगेका शालिकरामले टिकाको कपालमा समाएर खुकुुरी र हसियाले प्रहार गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
स्थानीयका अनुसार टिका ढलेपछि शालिकराम हतियारसहित बाहिर निस्कीएका थिए । विभत्स अवस्थाका उनी खुुकुुरी र हँसियासहित मुख्य सडकमै निस्कीएपछि स्थानीयले उनलाई नियन्त्रणमा लिन खोजेका थिए । उनलाई नियन्त्रणमा लिन खोज्दा आफैँ प्रहरी कार्यालय जान लागेको बताएको अर्का एक स्थानीय बताउँछन् ।
सल्यानको कपुुरकोट ६ घर भै ज्वाखल गण बारामा कार्यरत अमल्दार शालिकराम शान्ति मिसनमा भाग लिन विदेश गएका थिए । उनी मिसन सकेर केही दिनअघि मात्रै नेपाल आएका थिए । उनकी श्रीमती टिका बुढाथोकी नाबालक छोरासहित तुलसीपुरमा बस्दै आएकी थिइन् ।
केही समयअघि शालिकराम र टिका सल्यान पुुगेर तुुलसीपुर फर्किएका थिए । श्रीमती डेरामा बस्ने गरेको भए पनि शालिकराम भने अन्यत्र बसेका थिए । सल्यान जिल्ला अदालतबाट जेठ १४ गते उनीहरुको सम्बन्ध विच्छेद भएको शालिकरामले प्रहरीलाई बयान दिएका छन् ।
‘श्रीमतीमाथि पहिल्यैदेखि शंका लागेको र सोही कारण झगडा पर्दा सम्बन्ध विच्छेद भएको हो । अहिले रिस फेर्न हत्या गरें’ शालिकरामको बयान उद्यृत गर्दै प्रहरीले सिधाकुरालाई बतायो ।
सम्बन्ध बिच्छेदपछि पनि श्रीमतीप्रतिको रिस नमरेकाले शुक्रबार बिहान जहाँ भेटियो त्यही हत्या गर्ने योजना सहित शालिकराम हिँडेको प्रारम्भिक अनुुसन्धानमा देखिएको प्रहरी दाबी छ ।
हतियारसहित श्रीमतीको डेरामा पुग्दा अर्का पुुरुष पनि सँगै भेटाएपछि आफूूले हत्या गरेको उनले प्रहरीलाई बताएका छन् । हत्या गरेपछि हतियारसहित सडकमा निस्किएका शालिकरामलाई प्रहरीले पक्राउ गरेको थियो ।
घाइते भएका आर्यनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शालिकरामलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमु्ख प्रहरी उपरिक्षक रामबहादुर केसीले जनकारी दिए ।
यता आर्यनले भने टीका र आफूले बिहे गर्ने तयारीमा रहेको बताएका छन् । उनका अनुसार उनीहरुले शुक्रबार बिहे गर्ने तयारी गरेका थिए । आफू बिहेकै तयारीका लागि टीकाको कोठामा गएको आर्यनले बताएका छन् ।