चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार

सिधाकुरा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आएका छन् । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि  विस्थापित उनी बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन् । 

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बागमती खोलामा गएको बाढीले भएको घरखेत सबै बगाएपछि उनीहरू विचल्लीमा परेका हुन् । 

भएको सबै सम्पत्ति बगाएपछि सिङतान परिवार गाउँपालिका र सहयोग संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाइरहेका छन् । अन्यत्र एक टुक्रा पनि आफ्नो जमिन नभएपछि अब सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताए ।

त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताइरहेकी सुकुमाया सिङतानको पीडा पनि कम छैन । भएको सबै अन्नपात र घर खेत बगाएपछि सोही टहराको सहारामा दिनहरू बिताइरहेकी उनले बाढीपहिरोबाट आफूहरू विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको बताइन् ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँका बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले दिएको त्रिपाल खाद्यान्न र ओढ्नका लागि कम्बललगायतको सामग्री उपलब्ध गराएपछि त्यसैको साहरामा दिन बिताउँदै आएको उनीहरूको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका प्रकाश सिङतानलगायत भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको मुस्लो पसेको चनौटे बस्ती हेर्दै खुल्ला आकाशमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन् ।

बर्खामा बाढी आएर बगाउँला कि भन्ने पीर, अब हिउँद लागेपछि हावाहुरीले उडाउने पो हो कि भन्ने पीरले सताउन थालेको उनस्हरूले बताए । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताए । 

“अहिलेको अवस्थामा सरकारले घर बनाउन बजेट दिएपछि उहाँहरूसँग एक टुक्रा पनि आफ्नो भन्ने जमिन छैन”, अध्यक्ष थिङले भने, “जिल्ला प्रशासन र सहरी विकास तथा भवन विभागबाट जग्गाको व्यवस्थापन कस्तो छ भनेर पत्र आएपछि हामीले सामुदायिक वन क्षेत्रभित्र पर्ने तर रूख बिरूवा केही नभएको खाली जग्गा विकल्पमा हुनसक्छ भनेर सुझाव लेखेर पठाएका छौँ ।”

अहिलेसम्म पनि सङ्घीय सरकारको अस्थायी घर निर्माण गर्न दिने भनेको रू ५० हजार र स्थायी आवास निर्माणको जिम्मा लिएर काम गरेका कुनै पनि सङ्घ संस्थाको सहयोग प्राप्त नभएको पालिकाले जनाएको छ । पालिकाभित्र ५० घरधुरी पूर्ण क्षति भएकामा ती घरपरिवारको लागि पनि कुनै व्यवस्थापन गर्न नसकेको अध्यक्ष थिङले बताए ।

गाउँले जीवन, सम्पत्तिको नाममा रहेको त्यही सानो घर, नजिकै बस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, अन्न उब्जाउ गर्ने बारी र खेत सबै बगाएपछि चनौटेका बस्ती नै विस्थापित भएको छ । जहाँ विद्यालयमा अध्ययनरत बालबालिका रहेका छन् ।

प्रतिक्रिया

The Reporter

न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’

  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||
  • रविको थुनछेक बहसको आदेश आउँदै, पोखरामा के भइरहेको छ ? || Rabi....
  • रवि लामिछानेका वकिलको थुनछेक बहसः अदालतमा के के भयो ? || SIDHAKURA....
  • दुई वर्षको उमेरदेखि बल र ब्याट लिएर क्रिकेट सपना बुनिरहेका अर्पित ||....
  • हाेसियार ! असुरक्षित छ बैंक खाताको पैसा, एफवान् सफ्टको ‘इन्टरनेट बैङ्किङ’ असुरक्षित....
  • रविको राजनीति सक्न कानुन परिवर्तन ! || SIDHAKURA ||
  • ज्यान मार्ने उद्योगका अभियुक्तलाई ओलीद्वारा पार्टीमा भब्य स्वागत || SIDHAKURA ||
  • एनसेलको गैरकानुनी धन्दा, कारबाही गर्न सर्वोच्चको आदेश || SIDHAKURA ||
  • जुँगाको लडाइँ उपेन्द्र र प्रदीप यादवको, २१० क्विन्टल धानमा आगाे लाग्याे हरिन्द्रको....
  • घटना नं ५ : रवि माथि हिरासतमै अमानविय व्यवहार, मानव अधिकार आयोग....
  • भ्रष्टाचारी टेक बहादुर गुरुङ संसदमा, आरोपित रवि लामिछाने निलम्बित || SIDHAKURA CLIPS....
  • प्रधानमन्त्रीको अफर नमान्दा संसदीय छानबिन समिति देखि हिरासतसम्म || SIDHAKURA ||
  • रविमाथि लागेको राज्यः अनुसन्धान कम, प्रतिशोध बढी || STATE IMPOSED UPON RABI....
  • F1 Soft को बैंक खाताबाट ३ करोड गायब, हुण्डीको आशंका || SIDHAKURA....
  • रविको भाइरल तस्बिरको नालीबेली || SIDHAKURA ||
  • साझा पेट्रोल पम्पको बदमासी : ५० लिटर डिजेल भर्दा ३२ लिटर पानी....

Sidhakura Investigation

सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....

  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

सिद्धबाबा सुरुङमार्गभित्र पस्दा... || SIDHAKURA ||

  • सिद्धबाबा सुरुङमार्गभित्र पस्दा... || SIDHAKURA ||
  • रवि भेट्न अदालतबाहिर समर्थकको भिड, आज के के भयो ? || SIDHAKURA....
  • रवि लामिछानेलाई परिवारको जिम्मा लगाउन अदातलको आदेश || SIDHAKURA ||
  • राज्यले सोझा नागरिकमाथि लगाएको झुटा मुद्दाको जिम्मा कसले लिने ? – सोविता....
  • प्रधानमन्त्रीले भेटेनन् हर्क साम्पाङ, समय नदिएपछि रिसाउँदै बाहिरिए || SIDHAKURA ||
  • रित्ताे गाग्री बोकेर हर्क साम्पाङ किन आए काठमाडौँ ? || SIDHAKURA ||
  • धरौटीमा छुटेपटि रवि भन्छन्– न्याय प्रक्रियाप्रति उच्च सम्मान छ || SIDHAKURA ||
  • दिनेश त्रिपाठीलाई कसले किन गर्यो हातपात ? || Dinesh Tripathi || SIDHAKURA....
  • धादिङमा माघे सङक्रान्ति मेला || SIDHAKURA ||
  • ‘कार्यालय नै खाली गरेर सरकारी वकिल रविविरुद्ध बहस गर्न आए’ || SIDHAKURA....
  • उत्तरी अमेरिकामा भीषण हिउँदे आँधीले संकटकाल, नेपालीहरु पनि प्रभावित || SIDHAKURA ||
  • छुटेपछि रविले भने, ‘न्याय मरेको छैन भन्ने आभास भएको छ’ || Rabi....
  • अदालतकाे आदेश पछि रविलाई ९३ वर्षिय आमाले दिइन आशिर्वाद || SIDHAKURA ||
  • कास्की प्रहरीमा धरौटी बुझाएर बाहिरिए रवि लामिछाने || SIDHAKURA ||
  • रविको रिहाईपछि रास्वपा सांसदहरु... || SIDHAKURA ||
  • रवि सहित ७ जनालाई धरौटीमा छाड्न भएको आदेश || SIDHAKURA ||
  • समितिमा सांसदको झण्डै हात हालाहाल... || SIDHAKURA ||
  • रवि किन निर्दोष छन् ? यस्ता छन् उनको पक्षमा बहस गरेका कानुन....
  • रविको थुनछेक बहस सकियो, कार्यवाहक सभापति डीपी अर्यालले के भन्छन् ? ||....
  • यी कारणले रवि लामिछाने छुट्ने ! यस्ता छन् वकिलका दलील || SIDHAKURA....
  • 7.0 MAGNITUDE EARTHQUAKE STRIKES TIBET-NEPAL || SIDHAKURA ||
  • समितिमा बाेल्दाबाेल्दै राेकेपछि रामहरि खतिवडाविरुद्ध जङ्गिए हृदयराम थानी || SIDHAKURA ||
  • रास्वपाको २५ घण्टे केन्द्रीय समिति बैठकले के गर्यो निर्णय ? || SIDHAKURA....
  • रास्वपा नेताको आक्रोस ! रविलाई सिध्याउन अध्यादेश ल्याउने, आफ्नालाई जोगाउने ? लाज....
  • ५ वर्षे भ्रष्टाचार सम्बन्धी हदम्यादबाट पछि हट्यो सरकार, सांसदहरुको प्रतिक्रिया || SIDHAKURA....