नेभिगेशन
सबै कुरा

कांग्रेस नगर सभापति कनौली सडकपेटीमा मृत फेला

काठमाडौँ । कञ्चनपुरमा नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी शनिबार बिहान मृत भेटिएका छन्। 

भीमदत्त नगरपालिका १८ मामाभान्जा चोकनजिक सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार अहिले घटनास्थलमा प्रहरीले सिल गरी अनुसन्धान सुरु गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्